logo
२०८१ बैशाख १४ शुक्रवार



लकडाउनको नियम मन्त्रीद्वारा नै उल्लंघन

अन्तर्राष्ट्रिय |


लकडाउनको नियम मन्त्रीद्वारा नै उल्लंघन


श्योपुर, मध्य प्रदेश, जेठ १४ गते।
भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उल्लंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय मन्त्री नरेन्द्र सिंह तोमरले श्योपुर जिल्लाको भ्रमण गर्दा लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने नियम उल्लंघन गरेको आरोप लागेको हो ।
जिल्लाको निशाद राज भवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदाँ उहाँले मापदण्ड उल्लंघन गरेको बताइएको छ । भारतको मध्य प्रदेश राज्यमा अहिलेसम्म कोरोना भाइरसका कारण सात हजार २४ जना विरामी भएको पुष्टि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस प्रदेशबाट मात्रै अहिलेसम्म तीन हजार ६८९ जना निको भएर फर्किएका छन् भने ३०५ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?