logo
२०८१ बैशाख ७ शुक्रवार



सोमालियामा ९ चिकित्सकको हत्या

अन्तर्राष्ट्रिय |


सोमालियामा ९ चिकित्सकको हत्या


मोगादिशु
मोगादिशु, जेठ १६ गते । आतङ्ककारी सङ्गठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । स्थानीय सञ्चार माध्यमहरूले हत्या गरिएका चिकित्सकहरूको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।
सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतङ्ककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ । इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?