logo
२०८१ बैशाख १२ बुधवार



भारतमा एकैदिन सात हजार ४०० बढी सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिन सात हजार ४०० बढी सङ्क्रमित थपिए


नयाँ दिल्ली
जेठ १६ गते । भारतमा बुधबार एकै दिनमा सात हजार ४६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार हजार ७०६ जना पुगेको छ । यस सङ्क्रमणबाट निको भएका बिरामीको सङ्ख्या ७१ हजार १०५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८९ हजार ९८७ जना कोरोना सङ्क्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक सङ्क्रमित भएका छन् । महाराष्ट्रमा ५९ हजार ५४६ नागरिक कोरोना भाइरस सङ्क्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । तमिलनाडूमा १९ हजार ३७२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेका छन् । दिल्लीमा १६ हजार २८१ जना कोरोना सङ्क्रमित रहेका छन् ।गुजरातमा १५ हजार ५७२ सङ्क्रमित रहेका छन् ।

भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस सङ्क्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको सङ्क्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता सङ्क्रमणको वृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?