logo
२०८१ बैशाख ६ बिहीवार



भारतमा ‘श्रमिक विशेष’ रेलबाट दश दिनमा ५२ लाख यात्रुलाई सेवा

अन्तर्राष्ट्रिय |


भारतमा ‘श्रमिक विशेष’ रेलबाट दश दिनमा ५२ लाख यात्रुलाई सेवा


नयाँ दिल्ली, जेठ १६ गते।
भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विशेष रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् । लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरूलाई सम्बन्धित ठाउँमा पुर्याउनका लागि भन्दै केही दिनदेखि भारतमा मजदुर विशेष रेल सञ्चालन गरिएको छ ।
यस अवधिमा बिहीबारसम्म तीन हजार ८४० ‘श्रमिक विशेष’ रेल सञ्चालन गरिएको रेल वे बोर्डका अध्यक्ष विनोदकुमार यादवले शुक्रबार जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले बितेको हप्ता मात्रै २० लाखभन्दा बढी श्रमिकहरूले ‘श्रमिक विशेष’ रेलबाट यात्रा गरेको जानकारी दिनुभयो । श्रमिकहरूलाई उनीहरूले चाहेको प्रदेशमा लगिएको पनि उहाँले बताउनुभयो ।
मे २० तारिखसम्म कुल २७९ ‘श्रमिक विशेष’ रेल सञ्चालन भएका थिए भने तिनीहरूलाई प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिएको यादवले बताउनुभयो । सबैभन्दा धेरै यात्रु उत्तर प्रदेशमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?