logo
२०८१ बैशाख १४ शुक्रवार



काबुल विस्फोटमा पत्रकारसहित दुईको मृत्यु, छ जना घाइते

अन्तर्राष्ट्रिय |


काबुल विस्फोटमा पत्रकारसहित दुईको मृत्यु, छ जना घाइते


काबुल, जेठ १८ गते। अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको विस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।
खुर्शिद टिभीका प्रधान सम्पादक रफी सेद्दीकीले घटनामा टिभीका अरु छ जना कर्मचारी घाइते भएका जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
अफगानिस्तानका पूर्व प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहले ट्वीट गर्दै खुर्शिद टिभीको सवारी साधनमाथि भएको आक्रमणबाट आफू अत्यन्त दुःखित भएको बताउनुभएको छ । यस आतङ्कवादी  कार्यको विस्तृत अनुसन्धान गर्न उहाँले सरकारी अनुसन्धान निकायहरूलाई अनुरोध पनि गर्नुभएको छ ।
अफगानिस्तानका राष्ट्रपति कार्यालयका प्रवक्ता सेदिक सेद्दीकीले पनि घटनाको निन्दा एवं भर्त्सना गर्नुभएको छ । उहाँले खुर्शिद टिभीमाथि भएको यस किसिमको आततायी र कायरतापूर्ण कार्यको अफगान सरकारले घोर भर्त्सना गर्दछ भन्नुभएको छ । प्रवक्ता सेद्दीकीले अफगान सरकार सञ्चारमाध्यमको पक्षमा लगातार उभिइरहने बताउनुभएको छ ।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?