logo
२०८१ बैशाख १५ शनिवार



तलिबानको अल कायदासँग सम्बन्ध छ– संयुक्त राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय |


तलिबानको अल कायदासँग सम्बन्ध छ– संयुक्त राष्ट्रसङ्घ


इस्लामाबाद
जेठ २१ गते । अफगानिस्तानमा हिंसा मच्चाइरहेकाे तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । याे जानकारी संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ । राष्ट्रसङ्घले मङ्गलबार जारी गरेको एक प्रतिवेदनमा याे जानकारी दिइएको हो ।

तर यस रिपोर्टलाई तालिबानहरूले भने आधारहीन भनेका छन् । तालिबानहरूले अहिले पनि अलकायदा नामक अर्का आतङ्ककारी समूहसँग राम्रो सम्बन्ध जारी राखेको हालै संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषदलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

तालिबानहरूले अहिले पनि भित्री रुपमा अल कायदासँग सम्बन्ध राखेको र यही कारणले अमेरिकासँग भएको सहमतिबमोजिम शान्ति वार्ताका लागि सम्झौता गर्न नमानेको रिपोर्टमा जनाइएको छ ।

यसअघि करिब तीन महिनाअघि तालिबान र अमेरिकाबीच अफगानिस्तानको सरकारसँग वार्ता गरी अफगानिस्तानमा शान्तिवार्ता गर्ने विषयमा कतारको दोहामा एक सम्झौता भएको थियो ।
तर त्यसबमोजिम वार्ताको प्रक्रिया अहिलेसम्म पनि सुरु हुन सकेकाे छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?