logo
२०८१ असोज ८ मंगलवार



कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाखभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाखभन्दा बढी सङ्क्रमित


जेनेभा, स्वट्जरल्याण्ड, जेठ २२ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, सङ्क्रमितको सङ्ख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन्. । हाल विश्वभरीमा कोरोना भाइरस सङ्क्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् ।

सङ्क्रमितहरूमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख एक हजार ७८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा एक लाख नाै हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा नाै लाख ८६ हजार ९५३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने, एक लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?