logo
२०८१ बैशाख १३ बिहीवार



ब्राजिलमा कोरोना सङ्कट, ३४ हजारको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोरोना सङ्कट, ३४ हजारको मृत्यु


रियो दि जेनेरियो, जेठ २३ गते । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ ।

विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ ।

साथै, विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ६ लाख १५ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?