logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

अन्तर्राष्ट्रिय |


अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने


वासिङ्टन, जेठ २३ गते ।
संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराेड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरूका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ ।
विदेशमन्त्री पोम्पेओले शरणार्थीहरू, जोखिममा परेका आप्रवासीहरू र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १९ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिनुभयो । विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै एक लाख ३० हजार नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ लाख पुगेको छ भने तीन लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?