logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानको पूर्वी सीमामा बम विस्फोट, दुई सुरक्षाकर्मीको मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानको पूर्वी सीमामा बम विस्फोट, दुई सुरक्षाकर्मीको मृत्यु


काबुल, जेठ २५ गते । पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ विस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक्त बिस्फोट गराइएको सुरक्षा स्रोतले जनाएको छ ।
पाकिस्तान–अफगानिस्तानको यो सीमाक्षेत्र मुलुकमै सबैभन्दा डरलाग्दो मानिन्छ । गत मे महिनामा पनि तालिबान समूहको आक्रमणमा यहाँ १४ जना अफगान सैनिकको ज्यान गएको थियो । स्रोतका अनुसार विस्फोटबाट अरु दुई जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले भने उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?