logo
२०८१ बैशाख १३ बिहीवार



मेक्सिकोमा एक लाख १३ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


मेक्सिकोमा एक लाख १३ हजार सङ्क्रमित


मेक्सिको, जेठ २५ गते । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसका तीन हजार ६०० नयाँ सङ्क्रमित देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मेक्सिकोमा योसहित कुल सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या १३ हजार ५०० नाघेको छ । सङ्क्रामक रोग निवारण केन्द्रका निर्देशक जोजे लुइज अलोमियाले अझै पनि एक हजार १८९ जनाको मृत्यु शङ्कास्पद रहेको र उनीहरूको स्वास्थ्य बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मेक्सिकोमा एक हप्ताअघि मात्र करिब ९० हजार सङ्क्रमित रहेका र करिब नाै हजारको ज्यान गएको थियो । तर पछिल्लो साता नयाँ सङ्क्रमित भेटिने दरमा केही कमी आएपनि सङ्क्रमित व्यक्तिको मृत्यु हुने दरमा भने वृद्धि भएको छ । गत आइतबार एक साताको अवधिमा २ हजार ५०० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकामा यस साता करिब चार हजारको ज्यान गएको देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?