logo
२०८१ बैशाख २३ आईतवार



पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतङ्ककारी मारिएको दाबी

अन्तर्राष्ट्रिय |


पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतङ्ककारी मारिएको दाबी


श्रीनगर (जम्मु र काश्मिर)
जेठ २७ गते । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना मारिएको भारतीय सेनाले जनाएको छ ।
यस अवधिमा आतङ्ककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ । साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतङ्ककारी सङ्गठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ ।
यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतङ्ककारीविरुद्ध कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतङ्ककारीहरू मारिएको बताएको थियो । भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयुक्त कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिनुभएको छ ।
साथै उहाँले त्यसमा आतङ्ककारी सङ्गठनका केही उच्च कमाण्डरहरू पनि रहेको जानकरी दिनुभयो । भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतङ्ककारीविरुद्ध कारबाही जारी रहेको छ । त्यसैगरी, गएको शनिबारयता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतङ्ककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतङ्ककारी सङ्गठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ ।
ती आतङ्ककारी भारतीय तथा विदेशीसमेत रहेको पनि समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरूलाई भने कुनै क्षति नपुगेको अधिकारीहरूले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?