logo
२०८१ बैशाख २३ आईतवार



अफगानिस्तानका पूर्व सांसदको हत्या

अन्तर्राष्ट्रिय |


अफगानिस्तानका पूर्व सांसदको हत्या


काबुल, जेठ २७ गते।
अफगानिस्तानका पूर्व सांसद अब्दुल वाली अहमदजाईको तालिवान समूहले गोली हानी हत्या गरेको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त लोगारको राजधानी पोल–ए–अलाम क्षेत्रमा पूर्व सांसदलाई अपहरण गरी आक्रमण गरिएको प्रान्तीय सरकारका गभर्नरका प्रवक्ता दिदार लावाङले पुष्टि गर्नुभएको छ । आफ्नी दिदीको अन्तिम संस्कारका लागि घर जानुभएका पूर्व सांसद अहमदजाईलाई सोमबार राति उहाँकै घरबाट तालिबान लडाकुको एक समूहले अपहरण गरेको पारिवारिक श्रोतले बताएको छ । यस घटनाबारे तालिबान समूहले अझै कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
अफगानिस्तानको पूर्व राष्ट्रपति हमिद कार्जाईको प्रथम कार्यकालमा संसदको माथिल्लो सभामा लोगर प्रान्तबाट प्रतिनिधित्व गरेका अहमदजाई लोगारका अनुभवी नेता हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?