logo
२०८१ बैशाख २३ आईतवार



ट्रम्पको चुनावी सभाहरू यसै महिनाबाट शुरु हुने

अन्तर्राष्ट्रिय |


ट्रम्पको चुनावी सभाहरू यसै महिनाबाट शुरु हुने


वासिङ्टन, जेठ २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गर्नुभएको छ ।
कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरू केही महिनादेखि स्थगित भएका छन् । राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पार्सकलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ ।
उहाँले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरू व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरू विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताउनुभयो । पछिल्ला चुनावी मतसर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले बाइडेनविरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताइसक्नुभएको छ । हालै, अमेरिकी राज्यहरूले कोरोनाभाइरस प्रसार रोक्न जारी गरेका लकडाउन र अन्य नियमहरूका कारण मानिसलाई भेला हुन कठिन थियो । अमेरिकामा कोरोनाभाइरसका कारण एक लाख १० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस सङ्क्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?