logo
२०८१ असोज ८ मंगलवार



कोरोना भाइरसबाट विश्वमा चार लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा चार लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी सङ्क्रमित


जेनेभा, स्वीट्जरल्याण्ड
जेठ २९ गते।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८ हजार ५३७ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३२ लाख ६२ हजार १६३ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमित हरुमा ५३ हजार ८८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ४०१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १५ हजार १३० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १२ लाख ६७ हजार ८८५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । ५४ हजार ६४८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ६१ हजार २५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । एक लाख ४० हजार ३९२ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ३९ हजार ७३८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८० हजार ९४१ को मृत्यु भएको छ । एसियामा १४ लाख ६९ हजार १८४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३७ हजार २०३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दुई लाख १२ हजार ९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ५ हजार ७१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?