logo
२०८१ बैशाख २३ आईतवार



अमेरिकाले इराकमा सेनाको सङ्ख्या घटाउने

अन्तर्राष्ट्रिय |


अमेरिकाले इराकमा सेनाको सङ्ख्या घटाउने
तस्विर-न्युर्योक टाइम्स


वासिङ्टन
जेठ ३० गते । अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको सङ्ख्यामा कटौती गर्ने भएको छ । अमेरिका र इराक सरकारले बिहीबार जारी गरेको संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो ।
अमेरिकाले इराकमा (इस्लामिक स्टेट्स) आइएसको नियन्त्रणका साथै अन्य आतङ्कवादी क्रियाकलापहरूको नियन्त्रणका लागि भन्दै विगतदेखि सेना पठाउँदैआएको छ । तर आगामी दिनमा ती सैनिक सङ्ख्यामा कटौती गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले आगामी महिनादेखि नै इराकमा खटाइने सेनाको सङ्ख्यामा कटौती गरिने जनाएको हो ।
बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य प्रकाशन गरेर सो कुराको जानकारी गराएका हुन् । त्यस वक्तव्यमा के कति मात्रामा सङ्ख्या घटाइने हो भन्ने विषयमा भने केही पनि बताइएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?