logo
२०८१ बैशाख २३ आईतवार



तालिबानसँग वार्ता गर्न अफगानिस्तानका राष्ट्रपति घानी तयार

अन्तर्राष्ट्रिय |


तालिबानसँग वार्ता गर्न अफगानिस्तानका राष्ट्रपति घानी तयार


काबुल, जेठ ३० गते। अफगानिस्तानका राष्ट्रपति असरफ घानी अफगानिस्तानको विद्रोही तालिबान समूहसँग कतारको राजधानी दोहामा वार्ता गर्न सहमत हुनुभएको छ । कतारका विदेश मन्त्रालयका विशेषदूत मतलाक अल–खातानीले राष्ट्रपति घानी र तालिबानबीच कतारमा वार्ता हुन लागेको जानकारी दिनुभयो ।
खातानीले काबुलमा प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहसँगको भेटवार्तापछि उक्त सहमति भएको बताउनुभयो । अब्दुल्लाहले अफगानिस्तानमा शान्ति र सुरक्षा बहाल गर्न कतारको प्रयत्नप्रति आभार पनि व्यक्त गर्नु भएको थियो । आइतबार टोलोन्यूजले तालिबानसँगको निकट स्रोत उद्धृत गर्दै तालिबान र अफगान सरकारबीच दोहामा वार्ता हुन लागेको जनाएको थियो । तर वार्ताको ठोस मिति तय भइसकेको छैन तर अमेरिका र तालिबानबीचको पूर्व सहमति बमोजिम ५ हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न अफगान सरकारले सहमति जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?