logo
२०८१ असोज ८ मंगलवार



कोरोनाभाइरसबाट विश्वमा चार लाख २३ हजारभन्दा बढीको मृत्यु, करिब ७६ लाख सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरसबाट विश्वमा चार लाख २३ हजारभन्दा बढीको मृत्यु, करिब ७६ लाख सङ्क्रमित


जेनेभा, स्वीट्जरल्याण्ड
जेठ ३० गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख २३ हजार ८८८ पुगेको छ । विश्वभर ७५ लाख ९९ हजार ६४९ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ४३ हजार ७९५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३३ लाख ३१ हजार ९६६ व्यक्ति उपचाररत छन् । सङ्क्रमितहरूमा ५३ हजार ९१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ८९ हजार ८२५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १६ हजार ३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १३ लाख १३ हजार ८६६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । हालसम्म ५६ हजार ३९४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ९२ हजार १८७ जना कोरोना भाइरस सङ्क्रमित छन् । एक लाख ४१ हजार ९६७ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ५६ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८१ हजार ४७७ को मृत्यु भएको छ । एसियामा १५ लाख सात हजार ६२८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३८ हजार ३० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख १९ हजार ५०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने पाँच हजार ८८१ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ९०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?