logo
२०८१ बैशाख २३ आईतवार



कोरोनाभाइरसबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरसबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु


ब्रासिलिया, जेठ ३० गते । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजार २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
ब्राजिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिहरूको सङ्ख्या ८ लाख नाै हजार पुगिसकेको छ । विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस सङ्क्रमित हुनुका साथै चार लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?