logo
२०८१ बैशाख २३ आईतवार



भारतमा कोरोना समुदायमा फैलिएको छैनः आइसीएमआर

अन्तर्राष्ट्रिय |
फिचर |


भारतमा कोरोना समुदायमा फैलिएको छैनः आइसीएमआर


नयाँदिल्ली
जेठ ३० गते। भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको एक अनुसन्धानबाट पत्ता लागेको छ । भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले यस प्रकारको दाबी गरेको हो ।
उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस फैलिएको नपाएको शुक्रबार दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । उहाँले भारतमा निकै कम रफ्तारमा मात्र कोरोना भाइरस फैलिएको पाइएको पनि एक अनुसन्धानबाट देखिएको जानकारी गराउनुभएको बताइएको छ ।

उहाँले भारतका ग्रामीण तहका साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशत मात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताउनुभयो । तर भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिन थालेमा यसबाट ठूलो क्षति हुने पनि उहाँले बताउनुभयो । यसैकारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने उहाँले सुझाब दिनुभयो ।
उहाँले अहिले भारतमा हरेक दिन एक लाख ५० हजार जनाको परीक्षण गर्ने गरिएको बताउनुभयो । तर भारतसँग दिनमा कम्तीमा पनि दुई लाख जनाको परीक्षण गर्न सकिने क्षमता रहेकोले परीक्षणको संख्यालाई पनि दिन प्रतिदिन बढाउदै लैजानुपर्ने सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?