logo
२०८१ जेष्ठ ६ आईतवार



कोरोनाकाविरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी

अन्तर्राष्ट्रिय |


कोरोनाकाविरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी


नयाँ दिल्ली, जेठ ३१ गते। भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाइँका लागि सही बाटोमा नहिँडेको बताउनुभएको छ । उहाँले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोनाविरुद्धको महामारी जित्न नसकिने बताउनुभएको हो ।
भारतमा शुक्रबार सबैभन्दा बढी कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो ट्वीटर अकाउन्टमा यस्तो प्रतिक्रिया दिनुभएको हो । भारतमा शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घन्टाको अवधिमा मात्र ११ हजार ४५८ जना सङ्क्रमित भेटिएका छन् । यो नै भारतमा २४ घन्टाको अवधिमा सबैभन्दा बढी सङ्क्रमित भेटिएको घटना हो ।
एक दिनमा भएका सङ्क्रमितका यो संख्या सार्वजनिक भएसँगै काँग्रेसका नेता गान्धीले सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने बाटो नलिएको र यो उसको उल्टो दौड भएको बताउनुभएको हो ।
उहाँले यसअघि पनि सरकारको आलोचना गर्दै आउनुभएको छ । उहाँले हाल सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी पनि गर्नुभएको थियो ।
भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको सङ्क्रमण रोक्न नसकेको आरोप
उहाँको थियो । उहाँले सङ्क्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप सरकारमाथि लगाउनुभयो ।

उहाँले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन १० हजारभन्दा बढी नै सङ्क्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न सक्ने गरी काम नगरेको र सरकार असफल भएको बताउनुभयो ।
उहाँले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राख्नुभयो ।

उहाँले यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाउनुभएको छ । भारतमा शनिबार बिहानसम्म ४ लाख ८ हजार ९९३ जना सङ्क्रमित भएका छन् । यस महामारीबाट यहाँ ८ हजार ८८४ जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?