logo
२०८१ जेष्ठ ६ आईतवार



दिल्लीका रेलहरूमा आइसोलेसन वार्ड बनाइने

अन्तर्राष्ट्रिय |


दिल्लीका रेलहरूमा आइसोलेसन वार्ड बनाइने


नयाँ दिल्ली, असार १ गते।
दिल्ली राज्यका रेलहरूलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको छ । दिल्ली सरकारले आनन्द विहार स्टेशनका रेलका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरू सोमबारदेखि बन्द गरिएको छ ।
दिल्ली सरकारले यो कुराको जानकारी दिएको हो । दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरबिन्द केजरिवालले सोमबारबाट उक्त क्षेत्रका रेलहरूलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको बताइएको छ । यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो ।
मुख्यमन्त्री केजरीवालले जवाहरलाल नेहरू रङ्गशालालाई क्वारेन्टाइन सेन्टर बनाउने बताउनुभएको थियो । रङ्गशालाहरूलाई पनि क्वारेन्टाइन र उपचार केन्द्र बनाएर विदेशबाट आउने नागरिकलाई राख्ने निर्णय गरिएको जनाएको थियो ।
सोमबार दिइएको समाचारअनुसार भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडी दिल्ली सरकारलाई दिने निर्णय भएकोले सो उपलब्ध गराउने जनाइएको छ । यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिने छ ।
ती रेलका डिब्बाहरूमा आइसोलेसनका शय्याहरू बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ । जसका कारण यहाँ हजारौँ मानिसलाई राख्न सकिने छ । यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ ।
एक अर्बभन्दा बढी जनसङ्ख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ । भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो । तर यहाँ कारोना भाइरस सङ्क्रमण भने बढेको त्यहाँका अधिकारीले बताएका छन् । अहिलेसम्म भारतमा यो भाइरसका सङ्क्रमितहरूको सङ्ख्या तीन लाख नाघिसकेको छ ।
त्यस्तै यो महामारीबाट नौं हजार जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय राज्यहरूले भाइरसको सम्भावित प्रकोपसँग जुध्न रेल सेवालाई पनि अस्थायी अस्पताल बनाउन सुरु गरेका छन् । भारतमा कोरोना भाइरसबाट हुने श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याको उपचारका लागि आवश्यक भेन्टिलेटर, चिकित्सक तथा आवश्यक औषधि–उपकरणको अभाव भएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?