logo
२०८१ असोज ९ बुधवार



अमेरिकामा २४ घन्टायता चार सयभन्दा कमको मृत्यु

अन्तर्राष्ट्रिय |


अमेरिकामा २४ घन्टायता चार सयभन्दा कमको मृत्यु


वासिङटन, असरा २ गते।
संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण ४०० भन्दा कमको ज्यान गएको हो ।
उक्त विश्वविद्यालयले ४०० भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन रहेको जनाएको छ । अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको छ । आइतबार ३८५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । त्यस्तै सोमबार यो भाइरसबाट ३८२ जनाको ज्यान गएको सो विश्वविद्यालयको तथ्याङ्कमा देखिएको छ ।

मार्च महिनाको अन्त्यतिरबाट शुरु भएको महामारीमा दैनिक रुपमा निकै धरै मानिसको ज्यान जाने गरेको थियो । उक्त सङ्ख्यामा आइतबार र सोमबार निकै ठूलो मात्रामा कटौती आएको देखिएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी अधिकारीहरूले यस हप्ताको अन्त्यतिर योभन्दा पनि कम सङ्ख्यामा कोरोना प्रभावितको ज्यान जान सक्ने अनुमान पनि गरेका बताइएको छ । अमेरिकामा सङ्क्रमित हुनेको सङ्ख्या भने बढ्दो मात्रामा रहेको देखिएको छ । मङ्गलबारसम्म एक लाख १६ हजार नागरिकको ज्यान गएको छ ।

त्यस्तै २० लाख भन्दा पनि बढी व्यक्ति कोरोना भाइरसका सङ्क्रमित भएका छन् । प्रतिदिन करिब २० हजार नयाँ सङ्क्रमित थपिँदैआएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?