logo
२०८१ असोज ९ बुधवार



कोरोना भाइरसबाट विश्वमा चार लाख ४६ हजार भन्दा बढीको मृत्यु र ८२ लाखभन्दा बढी संक्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा चार लाख ४६ हजार भन्दा बढीको मृत्यु र ८२ लाखभन्दा बढी संक्रमित


जेनेभा, असार ३ गते।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख २३ हजार ७३ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ८ हजार ४०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६३ हजार २९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ४५ हजार २३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९५ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ३५ हजार ९७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने एक लाख ८३ हजार ९९८ को मृत्यु भएको छ । एसियामा १६ लाख ९८ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४३ हजार ८१२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ६१ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?