logo
२०८१ बैशाख २१ शुक्रवार



भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति राष्ट्रसङ्घको चासो

अन्तर्राष्ट्रिय |


भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति राष्ट्रसङ्घको चासो


नयाँ दिल्ली
असार ३ गते । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको बताइएको थियो ।
साथै संयुक्त राष्ट्रसङ्घका महासचिवले यस विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गर्नुभएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ– भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाई वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ ।
भारत र चीनबीचको ग्वालन भ्यालीस्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको छ । झडपमा परी भारतका कम्तीमा २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । त्यस्तै, चीनले पनि क्षति भएपनि सङ्ख्या उल्लेख गरेको छैन । 
चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?