logo
२०८१ बैशाख २१ शुक्रवार



पाकिस्तानमा एकै दिन ६ हजार कोरोना संक्रमित

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा एकै दिन ६ हजार कोरोना संक्रमित


इस्लामाबाद, असार ३ गते। पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा ५ हजार ८३९ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १ लाख ५४ हजार ७६० पुगेको छ । पाकिस्तानमा कोरोनाभाइरससँग सम्बन्धित मृतकको संख्या २ हजार ९७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ५८ हजार ४३७ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको जनाएको छ ।
पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३२९ जना संक्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८६८ जनामा संक्रमण देखिएको छ । राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले पाकिस्तानी विज्ञ समितिले यसबारेमा चाँडै निर्णय गर्न लागेको पनि बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?