logo
२०८१ असोज ९ बुधवार



अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाइ

अन्तर्राष्ट्रिय |


अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाइ


तेहरान, असार ४ गते । अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ ।
सिरियाली राष्ट्रपति बसर अल असदसँग काम गर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । सो कार्यको विरोध गर्दै इरानले सो घटनाले यसै पनि युद्धमा रहेको सिरियालाई थप समस्या पार्ने बताएको छ ।
यस कार्यलाई इरानले क्रुर भनेको छ । अमेरिकाको यस्तो क्रुर कार्यको संज्ञा दिँदै यस्ता कार्यमा इरानले कहिल्यै विश्वास नगर्ने जनाएको छ । इरानले त्यस्ता कार्यहरू अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध रहेको पनि बताएको छ ।
अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद र उहाँकी श्रीमतीसँग काम गर्ने कुनै पनि कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसबाट सिरियामा ठूलो आर्थिक सङ्कट पर्नसक्ने बताइएको छ । कोरोना भाइरसको सङ्कटका समयमा अमेरिकाले यसरी युद्धग्रस्त देश सिरियामा यस्तो प्रकारको आर्थिक नाकाबन्दी लगाउनुलाई इरानले क्रुर काम भनेको छ ।
इरान पनि सन् २०१८ देखि अमेरिकी नाकाबन्दीमा रहेको छ । इरानसँगको पारमाणविक सम्झौताबाट एकतर्फी रुपमा पछि हटेर अमेरिकाले सन् २०१८ देखि इरानमाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?