logo
२०८१ बैशाख २१ शुक्रवार



भारतमा एकै दिन १४ हजार ५१६ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिन १४ हजार ५१६ सङ्क्रमित


नयाँ दिल्ली
असार ६ गते। भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस सङ्क्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५१६ जना सङ्क्रमित भेटिएका हुन् । यो सँगै भारतमा सङ्क्रमितको संख्या चार लाखको नजिक पुगेको बताइएको छ ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
भारतमा सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । निको भएर घर फर्किनेको संख्या दुई लाख १४ हजार २०९ रहेको छ । उपचाररत एक लाख ६८ हजार २६९ रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?