logo
२०८१ बैशाख २१ शुक्रवार



पाकिस्तानमा लगातार तीन वटा बम विस्फोट, दुई सेनासहित चार जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा लगातार तीन वटा बम विस्फोट, दुई सेनासहित चार जनाको मृत्यु
तस्विर-फाइल


कराँची, असार ७ गते । पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम विस्फोटनबाट दुई सैनिकसहित चार जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती विस्फोटहरूको जिम्मेवारी लिएको छ ।
एउटा विस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो । उक्त आक्रमणमा एक सर्वसाधारण र अधैसैनिक बलका सदस्यसहित आठ जना अरु घाइते भएका थिए । अर्को विस्फोटन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्यान गएको थियो । तेस्रो विस्फोटन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्षति पुगेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?