logo
२०८१ असोज ९ बुधवार



बेइजिङमा थप २२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


बेइजिङमा थप २२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि
तस्विर-रोयटर्स


बेइजिङ, असार ७ गते ।
चीनको राजधानी बेइजिङमा नयाँ बिरामी भेटिएपछि सङ्क्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना सङ्क्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत डिसेम्बरमा पहिलो कोभिड–१९ बिरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा आएको बताएको थियो ।
केही दिनपहिले चीनको राजधानीनजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय बस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो ।
आइतबार सङ्क्रमितमध्ये एक जना स्वास्थ्यकर्मी (नर्स) पनि रहेको बेइजिङले जनाएको छ । सिनफादीमा सङ्क्रमण देखिएपछि गरिएका परीक्षणमा अहिलेसम्म २२० जना सङ्क्रमित भेटिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।
पछिल्लो पटक सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि सिनफादी वरपरका करिब २०० बस्तीमा करिब २३ लाख नागरिकको कोभिड–१९ परीक्षण गरिएको बताइएको छ ।
यसैबीच, चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको भन्दै परीक्षणलाई कडा पारेको छ । चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमित भेटिएको रिपोर्टसँगै खाद्य सामग्री  (सीफुड) को परीक्षणमा कडाइ गरेको थियो ।
चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित बिरामीमा युरोपमा कोरोना भाइरस सङ्क्रमित बिरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।
पछिल्लो चरणमा सङ्क्रमण पुष्टि भएका बिरामीको लक्षण युरोपका बिरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिबेलाको सङ्क्रमण ‘युरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका चाङ योङले बताउनुभयो । चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण युरोपमा अहिले आउने बिरामीकोभन्दा अलिक पुरानो स्वरुपको रहेको भेटिएको उहाँको दाबी रहेको छ ।
सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण युरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने चाङको दाबी थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?