logo
२०८१ बैशाख २१ शुक्रवार



बेलायतमा चारमध्ये एक जना खाद्य सङ्कटको जोखिममा - अध्ययन

अन्तर्राष्ट्रिय |


बेलायतमा चारमध्ये एक जना खाद्य सङ्कटको जोखिममा - अध्ययन
तस्विर-न्यु स्टेटम्यान


लण्डन, असार ७ गते ।
कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरूले जानकारी दिएका छन् ।
खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरूले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए । खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।
अध्ययनको मुख्य निष्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ । महामारीका बेलामा २५ प्रतिशत वयस्कहरूले खानाका लागि सङ्घर्ष गर्नुपरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?