logo
२०८१ बैशाख २१ शुक्रवार



दुबईले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

अन्तर्राष्ट्रिय |


दुबईले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने


दुबइ , असार ८ गते।
दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरूका लागि आगमन खुला गर्ने जनाएको छ । दुबइको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।

त्यसैगरी दुबई पुगेपछि पनि विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरूले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ ।

त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरूले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पीसीआर गराइने छ ।

यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरूले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालना गर्नुपर्ने नियम पनि बनाएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?