logo
२०८१ असोज ९ बुधवार



अमेजनले जलवायु परिवर्तनविरुद्धको लडाइँका लागि दुई अर्ब डलर लगानी गर्ने

अन्तर्राष्ट्रिय |


अमेजनले जलवायु परिवर्तनविरुद्धको लडाइँका लागि दुई अर्ब डलर लगानी गर्ने
तस्विर- द् इकोनोमिस्ट


वासिङ्टन, असार ९ गते।
जलवायु परिवर्तनविरुद्धको लडाइँअन्तर्गत कार्बन फुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनले दुई अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
“क्लाइमेट प्लेज फण्डले ‘शून्य कार्बनका रूपान्तरणका लागि धेरै क्षेत्रहरूमा विभिन्न संघसंस्थाले गरेको प्रयासमा अमेजनले सहकार्य गर्नेछ,” उक्त विश्व प्रसिद्ध कम्पनीले जनाएको छ ।
यो पहल कम्पनीहरूलाई आफ्नो कार्बन घटाउन र उत्पादन र सेवाहरूलाई दीगो बनाउन प्रतिबद्ध उद्यमी र नवप्रवर्तकहरूलाई प्रदान गरिने अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ वेजोसले बताउनुभयो ।
विश्वका सबै आकार र चरणका कम्पनी तथा फर्महरूलाई सहयोग उपलब्ध गराइने अमेजनले बताएको छ । भावी पुस्ताहरूका लागि पृथ्वीलाई जोगाउन शून्य कार्बनको अभियानमा लगानी गरी जलवायु परिवर्तन नियन्त्रणमा सम्भावित पहलस्वरुप लगानी हुने कम्पनीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?