logo
२०८१ बैशाख २१ शुक्रवार



भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए
तस्विर-फाइल


नयाँ दिल्ली, असार १० गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको सङ्ख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या चार लाख ५६ हजार १८३ पुगेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ । सबैभन्दा धेरै महाराष्ट्र राज्यमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ । तीमध्ये ६२ हजार ८४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी महाराष्ट्र राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा भने सङ्क्रमितको सङ्ख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना सङ्क्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?