logo
२०८१ असोज ९ बुधवार



अफगानिस्तानमा २५ तालिबान लडाकु मारिए

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा २५ तालिबान लडाकु मारिए
तस्विर-फाइल


काबुल, असार ११ गते।
सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै जना तालिबानी लडाकुहरू रहेको सरकारी अधिकारीहरूले जनाएका छन् । बुधबार राति घटना भएको उनीहरूले बताएका छन् । घटना अफगानिस्तानको बाल्ख प्रान्तमा भएको हो ।
टोलो न्युजले सम्प्रेषण गरेको समाचार अनुसार बाल्ख जिल्लाको डावलाट अबाड भन्ने ठाउँमा सुरक्षाकर्मीहरूले ती लडाकुमाथि हवाई आक्रमण गरेका थिए । बाल्ख प्रान्तका प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फर्हादले पनि घटना र क्षतिसम्बन्धी विवरणको पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ ।
स्थानीय श्रोतका अनुसार आक्रमणका क्रममा अरु चार जना आम नागरिकको पनि मृत्यु भएको छ । ती चारमध्ये एक जना महिला र एक जना बच्चा पनि रहेका छन् । एउटा किसानको घरलाई लक्षित गरेर सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् । तर यस आरोपलाई प्रवक्ता फर्हादले भने अस्वीकार गर्नुभयो ।
घटनाका बारेमा तालिबान लडाकुहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?