logo
२०८१ असोज ९ बुधवार



मङ्गोलियामा सत्तारुढ मङ्गोलियन पिपुल्स पार्टी विजयी

अन्तर्राष्ट्रिय |


मङ्गोलियामा सत्तारुढ मङ्गोलियन पिपुल्स पार्टी विजयी


उलानबटोर, असार १२ गते। मङ्गाेलियाको निर्वाचन आयोगले सत्तारुढ मङ्गाेलियन पिपुल्स पार्टीले अत्यधिक बहुमतसहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ ।
आयोगका अनुसार मङ्गाेलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ । सत्तारुढ दलको यो लगातार दोस्रो जित हो ।
सत्तारुढ दलले कुल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थियो । मङ्गाेलियन पिपुल्स पार्टीले कोरोनाभाइरस महामारीकै बीचमा पनि गाउँगाउँमा व्यापक चुनाव प्रचार गरेको थियो ।
बुधबार सम्पन्न उक्त निर्वाचनमा मङ्गाेलियाका करिब २० लाख मतदातामध्ये दुई तिहाईले मतदानमा भाग लिएका थिए । छिमेकी मुलुक चीनमा कोरोनाभाइरस देखिएलगत्तै मङ्गाेलियाले गत जनवरीमै चीनसँगको सीमा बन्द गरेको थियो । जनसङ्ख्या सानो भएपनि व्यापक फैलिएको बस्तीभित्र कोरोनाभाइरसको प्रसार हुन नपाएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
तैपनि मङ्गाेलियामा २१९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो, र यो सबै विदेशबाट आएका व्यक्तिमा देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?