logo
२०८१ असोज ९ बुधवार



बिहारमा चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

अन्तर्राष्ट्रिय |


बिहारमा चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो
तस्विर-एएनआई


पटना, बिहार, असार १२ गते।
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् ।

हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रबार बिहानसम्म यो सङ्ख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।

सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो सङ्ख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?