logo
२०८१ असोज १० बिहीवार



भारतमा कोभिड–१९ बाट एकै दिन झण्डै २० हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा कोभिड–१९ बाट एकै दिन झण्डै २० हजार सङ्क्रमित


नयाँ दिल्ली, असार १४ गते ।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या प्रतिदिन वृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ ।
सरकारी अधिकारीहरूका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना सङ्क्रमित भएका हुन् । भारतमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या दुई लाख तीन हजार ५१ पुगेको छ ।
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरूको सङ्ख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार ९५ पुगेको जनाइएको छ ।
कोरोनाभाइरसबाट सवैभन्दा प्रभावित महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा भने ८० हजार १८८ जना सङ्क्रमित भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?