logo
२०८१ मंसिर ७ शुक्रवार



दक्षिण कोरियालाई जी७ को सदस्यता दिने अमेरिकी प्रस्ताव जापानद्वारा अस्वीकार

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियालाई जी७ को सदस्यता दिने अमेरिकी प्रस्ताव जापानद्वारा अस्वीकार
तस्विर-बीबीसी


टोकियो, असार १४ गते । जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरूको समूह (जी७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गर्नुभएको छ । उहाँले जी७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी७ को सदस्यता विस्तार गर्न चाहनुभएको छ ।

राष्ट्रपति ट्रम्पको उक्त भनाइ सार्वजनिक भएलगत्तै जापानको उच्च कूटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

जापानसँगै दक्षिण कोरिया र भारतलाई जी ७ को सदस्यता दिँदा एसियाली मुलुकहरूबाट एकमात्र सदस्य रहेको जापानको साख गुम्ने जापानी धारणा छ । जी७ मा हाल जापानसहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन् ।
जी७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?