logo
२०८१ असोज १० बिहीवार



तेहरानको स्वास्थ्य क्लिनिकमा विस्फोट, १९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


तेहरानको स्वास्थ्य क्लिनिकमा विस्फोट, १९ जनाको मृत्यु


तेहरान, असार १७ गते ।
इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो विस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरूमा १५ जना पुरुष र चार जना महिला रहेका छन् । प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर विस्फोट भएकाे पाइएको छ ।
प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा कुनै असामाजिक तत्त्वकाे संलग्नता रहे/नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरु गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?