logo
२०८१ असोज १० बिहीवार



भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा

अन्तर्राष्ट्रिय |


भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा
तस्विर:अलजजिरा


काराकास, असार १७ गते। भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिनुभयो । यसपटकको चुनावमा ६६ प्रतिशतभन्दा बढी संख्यामा सांसदहरु चुनिन लागेका हुन् ।
भेनेजुएला सरकारले यसै वर्ष नेसनल एसेम्ब्लीका लागि चुनाव गर्ने पटकपटक प्रतिबद्धता जनाइरहेको अवस्थामा चुनावको महिना घोषणा भएको हो । त्यस्तै राज्यका गभर्नरको चुनाव पनि सन् २०२१ मा गर्ने घोषणा गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?