logo
२०८१ असोज ११ शुक्रवार



कोरोना भाइरसबाट विश्वमा पाँच लाख १९ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा पाँच लाख १९ हजारभन्दा बढीको मृत्यु


जेनेभा स्वीट्जरल्याण्ड
असार १८ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख १९ हजार २७२ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड आठ लाख १९ हजार ७६२ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएकाे छ । 
कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ४० हजार ३३८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४२ लाख ६० हजार १५२ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५७ हजार ९४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख ७९ हजार ९५३ जनामा कोरोना भाइरसका  सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३० हजार ७९८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २२ लाख ९९ हजार ९०८ जना कोरोना भाइरस  सङ्क्रमित रहेका छन् । यहाँ ८७ हजार ६७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३२ लाख ४७ हजार १४२ जना कोरोना भाइरस  सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ७१ हजार २७० जनाको मृत्यु भएको छ ।
युरोपमा २४ लाख ६४ हजार ४२९ जना कोरोना भाइरस  सङ्क्रमित रहेका छन् भने एक लाख ९२ हजार २८९ को मृत्यु भएको छ । एसियामा २३ लाख ७६ हजार ४७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ५८ हजार ६२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा चार लाख २१ हजार ४५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १० हजार ४४३ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार ६४३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?