logo
२०८१ असोज ११ शुक्रवार



कोरोना भाइरसबाट एक करोड दश लाख सङ्क्रमित, विश्वमा पाँच लाख २४ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट एक करोड दश लाख सङ्क्रमित, विश्वमा पाँच लाख २४ हजारभन्दा बढीको मृत्यु
तस्विर-द् न्युर्योक टाइम्स


जेनेभा, स्वीट्जरल्याण्ड
असार १९ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ४०६ पुगेको छ । साथै विश्वभर एक करोड १० लाख १ हजार २३ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ६१ लाख ६२ हजार ४६३ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४३ लाख १४ हजार १५४ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५७ हजार ८७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ३७ हजार १८९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३१ हजार ४८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २३ लाख ६३ हजार ७२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ८९ हजार ३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख १५ हजार ४५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ७२ हजार ७८४ जनाको मृत्यु भएको छ ।
युरोपमा २४ लाख ४१ हजार ६३६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९२ हजार ५९६ को मृत्यु भएको छ । एसियामा २४ लाख २७ हजार ४६३ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने, ५८ हजार ९९८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा चार लाख ३५ हजार ६०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १० हजार ६८३ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार ७०८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने १२६ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?