logo
२०८१ मंसिर ७ शुक्रवार



भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित


नयाँदिल्ली, साउन १ गते ।
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ६९५ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ९ लाख ६८ हजार ८७६ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका सङ्ख्या २४ हजार ९१५ पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख ३१ हजार १४६ रहेको छ भने ६ लाख १२ हजार ८१५ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ६४० पुगेको छ । तीमध्ये १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा एक लाख ५१ हजार ८२० सङ्क्रमित हुँदा २ हजार १६७ जनाको मृत्यु भएको छ ।
केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा पनि एक लाख १६ हजार ९९३ जना सङ्क्रमित भएका छन् भने तीन हजार ४८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?