logo
२०८१ असोज ११ शुक्रवार



अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त

अन्तर्राष्ट्रिय |


अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त
तस्विर–फाइल, अजरबैजान र आर्मेनियाका सेनाबीच भिडन्त भएको स्थल रातो भागमा


येरभान, साउन १ गते । तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरू अजरबैजान र आर्मेनियाबीच सीमाक्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरूले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् । दुवै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । अजरबैजानमा पृथकतावादी आन्दोलन चलिरहेको नागोर्नी काराबाख क्षेत्रलाई लिएर दशकौँदेखि विवाद कायम छ ।
गत आइतबारदेखि भड्किएको भिडन्तका कारण दुवैतर्फ कम्तीमा १६ जनाको मृत्यु भएको छ । नागोर्नी काराबाख क्षेत्रलाई सन् १९९० को दशकमा भएको युद्धमा आर्मेनियाली पृथकतावादीलाई आफ्नो नियन्त्रणमा लिएका थिए । यस युद्धमा करिब ३० हजारको ज्यान गएको थियो । तर काराबाखको उत्तरी सीमाक्षेत्रमा भिडन्त शुरु भएको हो ।
अजरबैजानका सेनाले आर्मेनियाली गाउँहरूमा बम हमला गरेका आर्मेनियाका रक्षा मन्त्रालयकी प्रवक्ता सुशान स्टेपानयानले बिहीबार जानकारी दिनुभयो । उहाँले अजरबैजानले हमला जारी राखेको बताउनुभयो । आर्मेनियाको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरी आर्मेनियाली सेनाले अजरबैजानका गाउँहरूमा ठुल्ठूला हतियारको प्रयोग गरी हमला गरिरहेको जनाएको छ । बुधबार केही मत्थर भएको भिडन्त पुनः बिहीबार शुरु भएको थियो ।
गत सातादेखि पुनः शुरु भएको भिडन्तले रणनीतिक महत्वको ककेसस क्षेत्रमा तनावको स्थिति उत्पन्न भएको छ । संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र रसियाले दुवै पक्षलाई शान्ति कायम गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा दुई ककेसस मुलुकहरूबीचको शान्ति वार्ता भएपनि दुवै मुलुकबीच भूमि विवाद जारी छ । ऊर्जाको धनी राष्ट्र अजरबैजानले काराबाख क्षेत्रलाई सैन्यबलको प्रयोग गरी नियन्त्रण कायम गर्ने धम्की दिइरहेको छ ।
आर्मेनियाले भने कुनै पनि किसिमको सैन्य आक्रमणलाई परास्त गरीछाड्ने बताइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?