logo
२०८१ असोज ११ शुक्रवार



अफगानिस्तानमा तालिबानविरुद्धको कारबाहीमा २७ को मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा तालिबानविरुद्धको कारबाहीमा २७ को मृत्यु
तस्विर : फाइल


कान्दाहार, अफगानिस्तान
साउन २ गते । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतङ्ककारी मारिएका छन् । अफगान सरकारी सुरक्षाकर्मीहरूले सो जानकारी दिएका हुन् । उक्त कारबाही सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।
अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरू मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सैनिक सङ्गठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए ।
सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतङ्ककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो ।
उक्त सैनिक पोष्टमा तालिबान लडाकुहरूले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो । सो आक्रमणपछि यहाँको सेनाले स्थल र हवाई कारबाही गरेको र त्यसमा परी कम्तीमा २७ जना तालिबान आतङ्ककारी मारिनुका साथै अन्य १६ जना घाइते पनि भएका जनाइएको छ ।
जारी कारबाहीका क्रममा सुरक्षा अधिकारीहरूलाई भने कुनै क्षति पुगेको छैन । मारिएका र केही घाइते भएका तालिबानबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?