logo
२०८१ असोज ११ शुक्रवार



विश्वमा कोरोना भाइरस सङ्क्रमित ८२ लाख ८४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमित ८२ लाख ८४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त
तस्विर–फाइल


जेनेभा स्वीट्जरल्याण्ड
साउन २ गते । विश्वमा कोरोना भाइरस सङ्क्रमित भएका एक करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्ति ८२ लाख ८४ हजार २८५ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्म विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट पाँच लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।
हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ कोरोना भाइरस सङ्क्रमितका उपचार भइरहेको छ । सङ्क्रमितहरूमध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८२८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९८ हजार १६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ७५ हजार २५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा छ लाख ६७ हजार ३३४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९०३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?