logo
२०८१ असोज ११ शुक्रवार



भारतमा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित


नयाँ दिल्ली , साउन ५ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्यामध्ये सबैभन्दा धेरै पनि हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २७ हजार ४९७ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिले पनि तीन लाख ९० हजार ४५९ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सात लाख ८७ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा तीन लाख १० हजार ४५५ जना सङ्क्रमित भएका छन् । त्यसपछि तमिलनाडु र दिल्ली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?