logo
२०८१ असोज ११ शुक्रवार



भारतमा एकै दिन ३७ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिन ३७ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित


नयाँ दिल्ली, साउन ६ गते ।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका हुन ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतमा अहिले पनि चार लाख दुई हजार ५२९ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सात लाख २४ हजार ५७८ जना सङ्क्रमणमुक्त भएका छन् ।
कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा तीन लाख १८ हजार ६९५ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणको कारण १२ हजार ३० व्यक्तिको मृत्यु भएको छ । त्यसपछि तमिलनाडुमा एक लाख ७५ हजार ६७८ सङ्क्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा एक लाख २३ हजार ७४७ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?