logo
२०८१ असोज ११ शुक्रवार



अमेरिकामा एकै दिन ६० हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


अमेरिकामा एकै दिन ६० हजार सङ्क्रमित थपिए
तस्विर–अलजजिरा


वासिङ्टन, साउन ६ गते ।
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना सङ्क्रमित थपिएको बताएको हो ।
त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो सङ्क्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ सङ्क्रमितको सङ्ख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।
कोरोना भाइरसबारे विश्वव्यापी तथ्याङ्क सङ्कलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३८ लाख नाघेको छ ।उक्त विश्वविद्यालयले यहाँ एक लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना सङ्क्रमितको निधन भएको बताइएको छ ।
सङ्क्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यापार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गर्नुभएको छ ।
विगतमा लामो समयसम्म उहाँ आफैले पनि मास्क नलगाउने गर्नुभएको थियो । आगामी नोभेम्बरमा यहाँ राष्ट्रपतीय निर्वाचनको अभियान शुरु हुदैछ । त्यसैले सो निर्वाचन झन् कोरोना महामारी फैलिन सक्ने त्रास देखिएको छ ।
सीडीसीले पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले आगामी अक्टोबर महिनासम्ममा एक लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?